प्रतिनिधिसभा विघटनविरुद्ध विरोध प्रदर्शन गर्दै आएको नेपाली कांग्रेसको १३ भातृ संगठनले सोमवार पोखरामा पनि संयुक्त रूपमा प्रदर्शन गरेका छन् ।चिप्लेढुंगाबाट निस्केको विरोध र्याली बजार परिक्रमा गरी महेन्द्र पुल पुगेर विरोध सभामा परिणत भएको हो ।प्रतिनिधिसभा विघटन गरी प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसत्तावाद उन्मुख कदम चालेको, देशमा चरम भ्रष्टाचार बढेको, कोभिड–१९ विरुद्धको प्रयासमा सरकार असफल भएको तथा जनसरोकारका विषयमा सरकारी उदासिनता बढेको भन्दै कांग्रेसका भातृ संगठनले विरोध जनाएका छन् ।विरोध प्रदर्शनका क्रममा सहभागीले राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री ओलीविरुद्ध चर्का नाराबाजी गर्दै प्रतिनिधिसभा पुनःस्थापना गरी भ्रष्टाचार कुशासनलगायत सर्वसत्तावादीलाई परास्त गर्नुपर्नेमा जोड दिए ।कार्यक्रममा कांगे्रस नेता शुक्रराज शर्मा, पूर्व मन्त्री यज्ञबहादुर थापा, संविधानसभा सदस्य शारदा पौडेल, वृन्दादेवी रानामगर, प्रदेश सांसद कुमार खड्का, कांग्रेस कास्कीका सभापति कृृष्ण केसी, सोभियतबहादुर अधिकारी, खेमराज पौडेल, महिला संघ कास्की अध्यक्ष कोपिला रानाभाट लगायतले बोलेका थिए ।
पोखरामा कांग्रेस भातृ संगठनको विरोध प्रदर्शन
सवालनेपालसंवाददातासोमबार, १८ माघ २०७७

पोखरामा कांग्रेस भातृ संगठनको विरोध प्रदर्शन
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा कोइराला निर्वाचित

यो पनि पढ्नुहोस् »
भारतमा नगर चुनावका कारण रुपन्देहीमा नेपाल–भारत सीमा नाका बन्द हुदै
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा कोइराला निर्वाचित
आइतबार, १४ माघ २०८१
भारतमा नगर चुनावका कारण रुपन्देहीमा नेपाल–भारत सीमा नाका बन्द हुदै
मंगलबार, १९ वैशाख २०८०
उपेन्द्रलाई ५ हजारको अग्रता
मंगलबार, १२ वैशाख २०८०
उपनिर्वाचनले कांग्रेसलाई झड्का
मंगलबार, १२ वैशाख २०८०
७० हजार मतगणना हुँदा रविले पाए ५० हजार मत
मंगलबार, १२ वैशाख २०८०



