काठमाडौं । भारतले नेपाललाई दिने अनुदानको आकार बढाएको छ । सोमबार भारतको संघीय सरकारले घोषणा गरेको बजेटमा नेपाललाई अनुदान दिन ९ अर्ब ९२ करोड भारतीय रुपैयाँ छुट्याएको हो । अहिलेका विनिमय दर अनुसार यो रकम १५ अर्ब ८७ करोड नेपाली रुपैयाँ बराबर हुन आउँछ ।

अघिल्लो वर्ष भारतले नेपाललाई अनुदान दिन ८ अर्ब ८० करोड भारतीय रुपैयाँ मात्रै छुट्याएकोे थियो । यो वर्ष अनुदान रकम करिब १२.७२ प्रतिशतले बढेको हो । त्यसो त सन् २०१९ मा नेपाललाई भारतले ११ अर्ब ९८ करोड रुपैयाँ सहयोग गरेको थियो । अहिले घोषणा गरिएको रकम त्यो भन्दा कम हो ।

भारतले भुटान, अफगानिस्तान, बंगलादेश, नेपाल, श्रीलंका, माल्म्भिस, म्यान्मार र मंगोलियालाई देश तोकेरै सहयोग गर्दै आएको छ । त्यसबाहेक अफ्रिकी, युरोएशियन, ल्याटिन अमेरिकी लगायत अन्य विकासशील राष्ट्रहरुलाई समेत भारतले सहयोग गर्दै आएको छ । यो वर्ष भुटानलाई सहयोग गर्न सबैभन्दा बढी २१ अर्ब २४ करोड भारु विनियोजन गरिएको छ ।रातो पाटि बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय