दैलेख : डुंगेश्वर गाउँपालिकाले एकल पुरुषलाई मासिक ५०० रुपैयाँ भत्ता दिने निर्णय गरेको छ। गाउँपालिकाले ऐन निर्माण गरी गाउँपालिका क्षेत्रभित्र बसोबास गर्ने ५५ वर्षमाथिका एकल पुरुषलाई यही माघदेखि भत्ता दिने निर्णय गरेको हो।

गाउँपालिकाकाका एकल पुरुषले पटक–पटक उक्त विषय उठान गरेपछि आर्थिक वर्ष २०७६÷७७ मा कार्यविधि निर्माण गरी वजेट बिनियोजन गरेको गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्लले बताए। भत्ता ६÷६ महिनामा वितरण गरिने बताइएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै, विवाह नगरी बसेकी महिलालाई पनि भत्ता दिने निर्णय भएको अध्यक्ष मल्लले बताए। तर, महिलाको उमेर हदबारे भने छलफल भैरहेको उनको भनाइ छ। गाउँपालिकाले एकल पुरुष र अविवाहित महिलाहरूको लगत संकलन गर्ने काम सुरु गरेको छ। थाहा खबर बाट साभार