काठमाडौं, माघ १९ ।नेपाली सेनाले काठमाडौं शहरमा साेमबार राति आफ्ना बख्तरबन्द गाडीहरुकाे मार्च पास गरेकाे छ ।सोमबार राति १० बजे काठमाडौंको सीतापाइलाबाट बख्तरबन्द गाडीहरुले चक्रपथ परिक्रमा गरेकाे हाे । सेनाले यसलाई नियमित अभ्यास भनेकाे छ ।सेनाकाे श्री युद्ध कवच गणकाे अगुवाईमा गरिएकाे मार्च पासकाे दिन भने माघकाे १९ गते नै पर्नुमा अाममानिसले अाश्चर्यका साथ हेरेका छन् ।नेपाली राजनीतिमा माघ १९ सँग नेपाली जनताकाे नमिठाे जम्काभेट भएकाे इतिहास छ।राजा ज्ञानेन्द्र प्रजातान्त्रिक सरकार अपदस्थ गरेर अाफ्नाे हातका शासन लिँदा पनि यहि दिनलाई राेजेकाले संशय बढेकाे हाे।यसअघि, माघ १८ गते नै सेनाले १९ गते गरिने यस्ताे अभ्यासका बारेमा जानकारी दिएकाे थियाे ।उसकाअनुसार, २१ गते दिउँसो काठमाडौंबाट पाँचखाल र ८ वटा पृतना अन्तर्गतका मेकनाईज्ड युनिटहरूबाट देशका विभिन्न स्थानमा बख्तरबन्द गाडीको अभ्यास गर्ने तयारी छ।सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडलले ट्वीटर ह्याण्डलमार्फत यससम्बन्धी सूचना सार्वजनिक गरेर यो नियमित अभ्यासबाहेक केही नभएको स्पष्ट पार्नुभएको हाे ।
काठमाडौंमा सेनाकाे बख्तरबन्द गाडीकाे मार्च,संयाेग कि पूर्वाभ्यास ?
सवालनेपालसंवाददातामंगलबार, १९ माघ २०७७

काठमाडौंमा सेनाकाे बख्तरबन्द गाडीकाे मार्च,संयाेग कि पूर्वाभ्यास ?
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



