काठमाडौंः प्रहरीले लागूऔषध पोल्यान्डसहित चार जनालाई पक्राउ गरेको छ।

काठामाडौं गौरीघाटको बिभिन्न स्थानबाट महानगरीय प्रहरी वृत गौशालाबाट खटिएको टोलीले ३ केजी लागूऔषध पोल्यान्डसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरुमा मोरङ उर्लाबारी घर भएका ४० वर्षीय अम्मर बर्देवा, धादिङ गल्छिका ३१ वर्षीय राजु अधिकारी, सिन्धुली बेलवारीकी २३ वर्षीय सबिना कार्की र मकवानपुर घरभएका ४२ वर्षीय कालु गोले रहेका छन्।

उनीहरु लागूऔषध पोल्यान्डको कारोबारी भएको खुलेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर