काठमाडौं महानगरपालिकाले कमलपोखरी निर्माण कार्य गुरुयोजनाअनुरूप नै भएकोले विरोध गर्नुपर्ने कारण नभएको जनाएको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले कमलपोखरीको संरक्षण गर्नका लागि गुरुयोजना बनाएर निर्माण कार्य गरिरहेको र कमलपोखरीको जग्गामा अनधिकृत रूपमा बनाइएको स्पोर्ट्स क्लब र राधेराधेको भवन भत्काएकाले त्यसको विरोध गर्नुपर्ने कारण नभएको बताए । उक्त भवनहरू स्वीकृति नलिई बनाइएको उनले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कमलपोखरीको जग्गामा बसिरहेका नेपाल प्रहरी र ट्राफिक प्रहरी भने काठमाडौं महानगरपालिको अनुरोधमा छोडेको उनको भनाइ छ ।