काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षले बिहीवार (भोलि) आमहड्ताल गर्ने भएको छ ।

संसद विघटनविरुद्द आन्दोलन गरिरहेको उक्त पक्षले संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ती गरिएको भन्दै भोलि आमहड्ताल गर्न लागेको हो ।

बुधवार (आज) दिउँसो २ बजे आकस्मिक पत्रकार सम्मेलन गरी त्यसको बारेमा जानकारी दिन लागेको स्रोतले जनाएको छ ।

संसद विघटनविरुद्ध प्रचण्ड-नेपाल पक्षको तेस्रो चरणको आन्दोलन जारी छ । माघ १३ गतेबाट शुरु भएको आन्दोलन माघ २८ गतेबाट सकिँदैछ । संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ती गरेको भन्दै आन्दोलनका कार्यक्रमलाई परिमार्जन गरि भोलि देशभर आमहड्ताल गर्न लागेको स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर