काठमाडौ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षको अखिल नेपाल महिला संघ (अनेमसंघ)ले नेकपा प्रचण्ड–माधव पक्षकी नेतृ तथा विघटित प्रतिनिधिसभा सदस्य रामकुमारी झाक्रीलाई प्रक्राउ गरी कारबाही गर्न माग गरेको छ। बुधबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाउँदै अखिल नेपाल महिला संघले यस्तो माग गरेको हो।माघ १६ गते गोरखाको सिरानचोक गाउँपालिकाको एक कार्यक्रममा नेकपा प्रचण्ड–माधव पक्षकि नेतृ तथा विघटित प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको चारित्रिक हत्या गरेको भन्दै प्रक्राउ गरी कारबाही गर्न माग गरेका छन।ज्ञापन पत्रमा नेतृ झाँक्रीले राष्ट्रपति भण्डारीको चारित्रिक हत्या गर्दै विभिन्न लाञ्छना, गाली बेइज्जति गरि व्यक्तिगत, पारिवारिक तथा राष्ट्रपतिकै इज्जतमा समेत धक्का पुर्याउने नियतले आपत्तिजनक र अपमान जनक शब्दहरु प्रयोग गरेकाले प्रक्राउ गरी कानुन बमोजिम कारबाही गर्न माग गरिएको छ।
झाक्रीलाई पक्राउ गर्न मागसहित गृहमन्त्रीलाई अखिल नेपाल महिला संघको ज्ञापन
सवालनेपालसंवाददाताबुधबार, २० माघ २०७७

झाक्रीलाई पक्राउ गर्न मागसहित गृहमन्त्रीलाई अखिल नेपाल महिला संघको ज्ञापन
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने

यो पनि पढ्नुहोस् »
रविको भनाइमा निवर्तमान सभामुख घिमिरेको कडा आपत्ति, भने : घृणा फैल्याउने काम बन्द गर
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३
रविको भनाइमा निवर्तमान सभामुख घिमिरेको कडा आपत्ति, भने : घृणा फैल्याउने काम बन्द गर
मंगलबार, १२ फागुन २०८२
एमाले बिनाको देश समृद्धिको कल्पना कसैले नगरे हुन्छ: अध्यक्ष ओली
मंगलबार, १२ फागुन २०८२
सभामुख देवराज घिमिरे भोली गृह जिल्ला झापा आउनुहुने, विभिन्न कार्यक्रमहरुमा सहभागी हुने
मंगलबार, १६ माघ २०८१
पहिरोले पुरिएर ललितपुरमा चार जनाको मृत्यु
शनिबार, १३ असोज २०८१



