
गौरीगञ्ज/ झापाको गौरीगञ्जमा आज बुधबार भारतीय बजारबाट बिक्रीका लागि ल्याइएका विषादीयुक्त माछा नष्ट गरिएको छ ।
गौरीगञ्ज नाकाबाट लुकाईछिपाई ल्याईएको विषादीयुत्त माछा गौरीगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका गौरीगञ्ज ३ का वडाध्यक्ष मखना महतोको रोहबरमा प्रहरीले नष्ट गरेको हो ।
ईलाका प्रहरी कार्यालय गौरीगञ्जको टोलीले करिब ५ क्विन्टल कुहिन लागेको विषादीयुत्त माछा स्काभेटरको प्रयोग गरी खाल्डो खनेर पुरिएको हो । कुहिन लागेको अवस्थामा रहेको माछा बजारमा बिक्रीका लागि राखिएको भन्ने सूचना पाएपछि अध्यक्ष महतो सहित प्रहरीको टोली घटनास्थल पुगेको थियो ।