
काठमाडौं । नेकपाका केन्द्रीय सदस्य डाचाराज वाग्लेको सवारी दुर्घटनामा निधन भएको छ । वाग्लेको सर्लाहीको बरथहवामा सवारी दुर्घटनामा परी बुधबार निधन भएको नेकपा प्रचण्ड माधव पक्षका नेता विष्णु रिजालले बताएका छन् ।
वाग्ले सो पार्टीका सर्लाही जिल्ला इन्चार्ज समेत रहेका थिए । वाग्लेको निधनलाई नेता नारायणकाजी श्रेष्ठले रहस्यमय र असामयिक भनेका छन् ।
हाम्रो पार्टीको केन्द्रीय सदस्य क• डाचाराज वाग्लेको हिजो भएको रहस्यमय असामयिक निधनको खबरले स्तब्ध र मर्माहत बनाएको छ।अझै पनि अविश्वसनीय झैं लाग्ने एउटा होनाहार क्रान्तिकारी नेता एवं योध्दाको निधनबाट पार्टी र आन्दोलनमा ठुलो क्षति भएको छ।श्रध्दाञ्जली कमरेड!परिवार र सवैलाइ समवेदना।
— NKShresthaPrakash (@nksthaprakash) February 4, 2021