झापा । नेकपाको प्रचण्ड माधव समूहले गरेको बन्दको क्रममा आज बिहानै धरानमा झडप भएको छ । धरानको भानु चौकमा बन्दकर्ताहरुले टायर बालेर बिहानै देखि प्रदर्शन गरेका थिए । एउटा ट्याम्पोलाई बन्दकर्ताले अवरोध गर्न खोज्दा ट्याम्पोवालालाई दुर्व्यवहार गरिएको भन्दै यातायात मजदुरहरू प्रदर्शनमा उत्रिएका थिए ।

सो क्रममा दुवै पक्षबिच झडप भएको थियो । टायर बाल्ने क्रममा प्रहरीले अवरोध गरेको र बन्दकर्ताले बाल्न खोजे पछि मजुदरसंग सामान्य झडप भएको नेकपा सङ्घर्ष समितिका सहसंयोजक चोत्लुङले बताएका छन् । धरानमा अरू बेलाको बन्द भन्दा आजको बन्द भानु चौकमा बढी कडाइ गरिएको छ । भानु चौकमा बन्द कर्ता थुप्रै कार्यकर्ताहरूको उपस्थिति रहेको छ । टाइम्स अफ प्रदेश बाट 

प्रतिक्रिया

सम्बन्धित खवर