काठमाण्डौ – नेकपाको प्रचण्ड-नेपाल समूहले बुधवार आह्वान गरेको आमहड्तालको प्रभाव सहरी क्षेत्रमा परेको छ। ग्रामिण क्षेत्रमा निर्बाधरुपमा गाडी चलेका छन् भने सहरी क्षेत्रमा भने कम मात्रै सार्वजनिक गाडी चलेका छन् ।काठमाण्डौसहित मुख्य सहरमा गाडी कम चलेका छन् ।पसल पनि पुरै खुलेका छैनन् ।काठमाण्डौको चक्रपथसहित विभिन्न रुटमा सार्वजनिक गाडी केही चलेका छन् ।तर अघिल्ला दिनहरुमा जस्तो धेरै गाडी नचल्दा यात्रुलाई सास्ती भएको छ ।निजी गाडी र मोटरसाइकल पनि कम चलेका छन् ।धेरै शिक्षण संस्था बन्द छन्।परीक्षार्थी हिँडेरै परीक्षा केन्द्रमा गएका छन्।प्रदेश १ को विराटनगर, धरानलगायतका ठाउँमा शिक्षण संस्था र यातायातबाहेक अरु क्षेत्रहरु खुलेका छन् ।

आन्दोलनकर्ताहरु सडकमा केही मात्रामा देखिए पनि विरोध प्रदर्शनहरु धेरै नभएको प्रहरीले जनाएको छ । प्रदेश १ मा केही उद्योग तथा कलकारखानाहरु खुलेका छन् ।प्रदेश २ मा पनि कार्यकर्ताहरु विरोधका कार्यक्रमसहित सडकमा देखिएका छैनन्।प्रदेश २ को सर्लाहीमा केही गाडीहरु चलिरहेका छन् भने पसलहरु पनि केही मात्रामा खुलेका छन् । प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ।वाग्मती प्रदेशको राजधानी हेटौंडामा प्रदर्शनकारीहरुले सडकमा प्रदर्शन गरेका छन् । सडक, विद्यालय, उद्योग कलकारखानाहरु सबै बन्द रहेका छन् ।धादिङको राजमार्ग क्षेत्रमा गाडी नचले पनि ग्रामिण क्षेत्रमा गाडी चलेका छन् । अरु जिल्लाका पनि ग्रामिण क्षेत्रमा बन्दको प्रभाव परेको छैन ।

गण्डकी प्रदेशको पोखराबाट एकजना पक्राउ परेका छन् ।अहिले अवस्था सामान्य रहेको र केही दुई पाङ्ग्रे गाडीहरु चलेका प्रहरीले जनाएको छ । लुम्बिनी प्रदेशको बुटवल, कपिलवस्तुलगायतका ठाउँमा बन्दको आंशिक प्रभाव परेको छ।कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पनि अहिले अवस्था सामान्य छ । सडकमा गाडी कम चलेका छन्।सुदूरपश्चिम प्रदेशको कञ्चनपुरलगायत जिल्लाको अवस्था पनि अहिले सामान्य नै रहेको छ।राजमार्गमा गाडी चलेका छैनन् भने पसल, उद्योग तथा कलकारखानाहरु पनि खुलेका छैनन्।

डडेल्धुरामा बन्दको प्रभाव सामान्य रहेको छ।जिल्लामा बिहानैदेखि बजार व्यवसाय,गाडी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहानैदेखि प्रहरीको स्कर्टिङमा गाडी चलेको छ।
यस्तै चितवनमा बन्दकर्ताले चारवटा ट्रकमा तोडफोड गरेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर