काठमाडौं : नेकपा प्रचण्ड-नेपाल समूहको आमहड्तालमा आन्दोलनकारीबाट आगजनी भएको ट्याक्सीका चालकलाई विद्यार्थीले आर्थिक सहयोग गरेका छन्।

ग्लोबल कलेजमा अध्ययनरत विद्यार्थी समुद्र तिमल्सिनाले आमहड्तालमा जलेको ट्याक्सीका चालक कुम्भ नारायण श्रेष्ठलाई आर्थिक सहयोग गरेका हुन्। तिमल्सिना नेकपा निकट युवा विद्यार्थी हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले आफैं र आफ्ना निकटसँग उठाएर बिहीवारै १० हजार रुपैयाँ सहयोग गरेका हुन् । साथै चालकको बैंक खाता खोलिदिएर सहयोग गर्न अपिल समेत गरिएको छ।

तिमल्सिनाले सहयोगी मनले लक्ष्मी बैँकको खाता नम्बर ०१२२०१९३६६६ मा रकम जम्मा गर्न सक्ने जानकारी दिएका छन्।