काठमाडौं । काठमाडौं महानगरपालिका–२२, खिचापोखरीबाट स्रोत नखुलेको १९ लाख रुपैयाँसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौंको ताकेश्वर नगरपालिका–७ की ३० वर्षीया शान्ति घिमिरे र भक्तपुरको चाँगुनारायण नगरपालिका १ की ३१ वर्षीया दुर्गा चौलागाईं रहेका छन् । महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्ने क्रममा उक्त रकमसहित फेला पारी पक्राउ गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनीहरुलाई आवश्यक कारबाहीको लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग हरिहरभवन, ललितपुरमा पठाइएको छ ।