गत मध्य वर्षातको समयमा आएको बाढी-पहिरोमा परी घरबारविहीन बनेका गोरखाका पीडितलाई राहत उपलब्ध गराइएको छ ।

सहिद शिवप्रसाद भट्ट मेमोरियल फाउन्डेसनले शुक्रबार गोरखाको तीनखण्डेस्थित शिव मन्दिर प्राङ्गणमा राहत उपलब्ध गराएको हो ।

बारपाक सुलिकोट गाउँपालिका ८ तीनखण्डेको बाढी-पहिरो पीडितहरुका लागि त्यसै क्षेत्रबाट अमेरिकामा बसोबास गर्ने २५३ जना समाजसेवी दाताहरुबाट संकलन भएको २० लाख ११ हजार ४६ रुपैयॉं फाउन्डेसनमा जम्मा भएपछि सोही रकम राहतस्वरुप वितरण गरिएको हो ।

राष्ट्रिय सभामा विपक्ष दलका निवर्तमान नेता एवं नेपाली कॉंग्रेसका केन्द्रीय सदस्य श्री सुरेन्द्रराज पाण्डेले २५३ जना सहयोगीहरुप्रति आभार व्यक्त गर्दै पीडित परिवारलाई चेक हस्तान्तरण गरे ।

राहत वितरण कार्यक्रममा सहिद शिवप्रसाद मेमोरियल फाउन्डेसनका अध्यक्ष रमेश भट्टले सहयोग पुर्‍याउने सबै दातालाई धन्यवाद दिए । सहयोग गर्ने दाताहरू गोरखा अमेरिका सम्पर्क समिति परिवार, तेस्रो ज्योति परिवार, नेपाली जनसम्पर्क समिति, वेष्ट टेक्सास च्याप्टर परिवार, हिमालय हेल्पिंग ह्याड्स लस एन्जलस परिवार लगायत रहेका थिए । त्यस्तै रकम ल्याउन गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिका र अन्तराष्ट्रिय समन्वय परिषदले विशेष पहल गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah