दमक/ ईनरुवा ६ भोटेपुलस्थित पुर्व पश्चिम लोकमार्गमा कार र मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

पश्चिमबाट पुर्व तर्फ आउँदै गरेको बा ६ च ७४८६ नम्बरको कार र विपरित दिशाबाट जाँदै गरेको प्र १०२–०४१ प १२१८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा भएको दुर्घटनामा मोरङ रंगेली २ की ७२ बर्षिया गोमादेवी सिग्देलको मृत्यु भएको हो ।

हिजो दिउँसो साढे ३ बजे भएको सो दुर्घटनामा घाईते सिग्देलको उपचारका क्रममा गएराती मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय कारमा सवार उनका पति ७७ बर्षिय हरि प्रसाद गौतम , मोटरसाइकल चालक इनरुवा ६ का २५ बर्षिय सराद मन्सुरी घाईते भएका छन । कार चालक रंगेली २ का ३८ बर्षिय दिपक भट्टराइलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर