२५ माघ, काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक र सेयर कारोबार रकम दुबैले बजारमा नयाँ रेकर्ड राखेको हो । सेयर कारोबार मापक नेप्से परिसूचक ४८ दशमलव ७४ अंकले वृद्धि भएर २ हजार ५ सय २४ अंकमा पुगेको छ । जुन हालसम्मै उच्च हो ।

सेयर कारोबार रकम पनि १० अर्ब ४४ कराेड रुपैयाँ नाघेकाे छ । यस अघि ९ अर्ब १५ करोड रुपैयाँ हाराहारीमा रहेको रेकर्ड तोड्दै आइतबार सेयर कारोबार रकममा पनि नयाँ रेकर्ड कायम भएको हो ।

पछिले समय बजारमा देखिएको लगानीकर्ताको आकर्षणले दिनदिनै जस्तो नयाँ रेकर्ड राख्न थालेको मर्चेन्ट बैंकर एशोसिएसनका अध्यक्ष बताउछन् । पछिल्लो समय लगानीकर्ताहरु बजारप्रति सकारात्म्क देखिएका छन् ।

बैंकको ब्याजदर सस्तो हुनुका साथै लगानी योग्य रकममा भएको पर्याप्तताका कारण पनि सेयर बजारलाई सकारात्मक असर परेको छ । आइतबार धेरै लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले कमाएका छन् ।

आधा दर्जन भन्दा धेरै लघुवित्त वित्तीय संस्थाहरुको सेयर मूल्य आइतबार १० प्रतिशतले वृद्धि देखिएको छ । अन्य धेरै कम्पनीहरुको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले वृद्धि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah