तातोपानी (सिन्धुपाल्चोक) —भोटेकोसी गाउँपालिका–२ स्थित उत्तरी नाका तातोपानी २१ दिनपछि पुन: सञ्चालनमा ल्याइएको छ ।भोटेकोसी नदीले क्षतिग्रस्त मितेरी पुल मर्मतसम्भार गर्न बन्द गरिएको नाकाबाट मंगलबार एकतर्फी रूपमा सामान भित्र्याइएको हो।‘मितेरी पुलको मर्मतसम्भार सकेपछि चिनियाँ पक्षको ‘अफिसियल टाइम’अनुरूप २१ दिनपछि नाका खुलेको छ, टेलर कन्टेनरबाट सामग्री धमाधम भित्रिन थालेका छन्,’ उनले भने।बर्खे बाढी र तिब्बतको न्यालमक्षेत्रका तालको पानी मिसिएर आएको भोटेकोसीले मितेरी पुलको जग र अन्य संरचनामा केही क्षति पुर्याएको थियो । चीनको खासास्थित ‘तिब्बती डिपार्टमेन्ट अफ कर्मस फरेन ट्रेड’ले अनुसार बाढीले क्षतिग्रस्त मितेरी पुल २० दिनमा मजबुत बनाइएको जनाएको छ । त्यसैअनुसार जाङमु पोर्ट म्यानेजमेन्ट कमिटीले नेपाल र चीनका व्यापारिक संघसंस्था र कम्पनीलाई सूचित गराइसकेको खत्रीले बताए ।तिब्बती समुदायको ल्होसार पर्व आउने भएकाले नाका २० दिनभन्दा बढी बन्द हुन सक्ने अनुमान गरिए पनि चीनले समयमै खुलाइदिएको भोटेकोसी गाउँपालिका प्रमुख राजकुमार पौडेलले जानकारी दिए । ‘नाका आंशिक रूपमा चलेको छ, पूर्ण रूपमा नखुलेकै कारण स्थानीय व्यवसायी, कन्टेनर मजदुर मारमा छन्,’ उनले भने। भूकम्प र भोटेकोसी बाढीले ध्वस्त बनाएको मितेरी पुललाई चिनियाँ कम्पनी ताइन सुन रोड एन्ड ब्रिज कम्पनीले वर्षदिन लगाएर ठड्याएको थियो । मितेरी पुलबाहेक बर्खाले क्षतविक्षत कोदारी राजमार्ग (२६ किलोमिटर) मा ४० फिटका चिनियाँ कन्टेनरमा मापदण्डभन्दा बढी तौल राखेरसामग्री आयात गरिएको व्यवसायीले आरोप लगाउँदै आएका छन्।
२१ दिनपछि खुलाइयो तातोपानी नाका
सवालनेपालसंवाददातामंगलबार, २६ माघ २०७७

२१ दिनपछि खुलाइयो तातोपानी नाका
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



