काठमाडौं । सरकारले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ४६ औं महासभामा भर्चुअल माध्यमबाट सहभागी हुन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको नेतृत्वमा १२ सदस्यीय नेपाली प्रतिनिधि मण्डल गठन गर्ने निर्णय गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मंगलबार मन्त्रिपरिषद बैठकका निर्णय सुनाउँदै सो कुराको जानकारी दिएका हुन् ।

त्यस्तै सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र देव शाक्य नियुक्ति गर्ने निर्णय पनि गरेको छ । वन तथा वातावरुण मन्त्रालयको प्रस्तावमा लुम्बिनी केवलकार प्रालिलाई रुपन्देही र पाल्पा जिल्ला अन्र्तगतको ६ दशमलव २७ हेक्टर राष्ट्रिय वन क्षेत्र २५ वर्षका लागि प्रयोग गर्न दिएको छ ।

त्यसैगरी सरकारले शिक्षा नवौ शंसोधन नियमावली संशोधन २०७७ स्वीकृत गरेको छ । निर्वाचन आयोगको दरवन्दी तथा माध्यमिक कक्षा एसईई प्रदेश सरकारले सञ्चालन गर्ने निर्णय पनि गरेको छ । सोमबारको मन्त्रिपरिषद बैठकले गृहमन्त्रालयको प्रस्तावमा पहिलो चरणमा बैशाख १७ प्रदेश २, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेश अन्र्तगतका जिल्लामा र बैशाख २७ मा बाँकी प्रदेशका जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ ।

जस अन्तर्गत पहिलो चरणमा ४० र दोस्रो चरणमा ३७ जिल्लामा निर्वाचन सम्पन्न गर्न निर्वाचन कार्यलयलाई सिफारिस गर्ने निर्णय गरेको छ । त्यसैगरी मलेसियाको सामाजिक सुरक्षा संस्थाहरुसँगको समझदारी पत्र स्वीकृत तथा हस्ताक्षरका लागि अख्तियारी प्रदान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर