काठमाडौं । नेपाली आकाशमा २२ वर्ष निरन्तर यात्रुलाई सेवा दिएको यतीले प्रेमदिवस अर्थात् ‘भ्यालेन्टाइन डे’लाई लक्षित गरेर विभिन्न अफर सार्वजनिक गरेको छ ।

यतीले फ्रेब्रवरी–१४ अर्थात ‘भ्यालेन्टाइन डे’ को दिनमा पर्वतीय उडान गर्ने यात्रुलाई घरबाट विमानस्थलसम्म आउने र घर फर्कनका लागि निःशुल्क ‘पिक एण्ड ड्रप’को व्यवस्था मिलाएको छ । यसको लागी एअरलाइन्सले ‘पिक मी’ संस्थासँग सहकार्य गरेको छ ।

साथै यतीले ‘भ्यालेन्टाइन डे’ को दिनमा उडान गर्ने यात्रुलाई स्मार्ट टेलिकमको तर्फबाट १ हजार बराबरको ८ जीबी डाटा, २० मीनेट टक टाइम भएको सिमकार्ड सित्तैमा उपलब्ध गराइनुको साथै ‘किनम्न’ अनलाइन सपिङको तर्फबाट ५ सय भन्दा बढी मूल्य बराबरको २४ के. रोज गिफ्ट दिने व्यवस्था मिलाएको एअरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले बताए । पर्वतीय उडानका लागि यतीले यसअघि नै अगाडि सारेको ‘एक टिकट किन्दा अर्को टिकट सित्तैमा’ योजना कायम राख्दै यो थप अफर दिन लागेको हो ।

“प्रेमी÷प्रेमिकाका लागि विशेष रहेको प्रेम दिवसलाई अझ रोमाञ्चक र यादगार बनाउनका माउन्टेन फ्लाइटमा विशेष अफर अगाडि सारेको हो”– प्रवक्ता बर्तौैलाले भने । उक्त अफर जोडिलाई मात्र नभएर एकजनालाई पनि लागू हुने एअरलाइन्सले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर