दमक/दमकको उत्तरीक्षेत्र बेलडाँगीमा रहेको हंसेदुम्से सामुदायिक वन क्षेत्रमा मदन भण्डारी रंगशाला बनाउन सरकारले स्वीकृति दिएको छ । लामो समयदेखि कमल ५ मा निर्माणाधिन आदिवासी रंगशालाको सट्टा दमकमा रंगशाला बनाउने तयारी स्वरुप सरकारले २७ हेक्टर क्षेत्रफल जग्गा खाली गराउन आवश्यक प्रकृया अघि बढाएको हो । त्यहाँका १ हजार ९ सय ३४ रुख कटान गरेर वन क्षेत्रमा रंगशाला बनाउने सरकारको निर्णय छ ।

मन्त्रिपरिषद्को १९ र २६ माघमा बसेको बैठकले बन प्रयोग गर्न दिने र १ हजार ९ सय २४ वटा रुखविरुवा हटाउन स्वीकृति दिने निर्णय गरेको हो जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय