सुनसरी, माघ २९ गते ।धरानको बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको हाता भित्र पार्किङ गरि राखिएको मोटरसाईकल चोरी गर्ने २ जनालाई प्रहरीले रङगेहात पक्राउ गरेको छ । अस्पताल एरियामा पार्किङ गरि राखिएको को ३५ प १२८९ नम्बरको मोटरसाईकल चोरी गरेर लाँदै गरेको भन्ने सूचना पाए संगै तत्काल अस्थायी प्रहरी पोष्ट घोपाबाट खटिएको प्रहरी टोलीले मोटरसाईकल चोरी गरी लाँदै गरेको अवस्थामा रामधुनी नगरपालिका-१ का १९ बर्षीय आकाश चौधरी र २० बर्षीय अम्बर चौधरीलाई पक्राउ गरेको हो । चोरी गरी लाँदै गरेको मोटरसाईकल सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर