विराटनगर : विराटनगरका एक जना घरजग्गा कारोबारीलाई युवतीमाथि बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बुधबार साँझ पक्राउ गरेको छ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–२ का ६० वर्षीय ज्ञानु प्रधान रहेका छन्।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाका अनुसार दुर्व्यवहार गर्दै एक युवतीमाथि साँझ बलात्कारको प्रयास गरेको आरोप लागेपछि प्रधानलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको छ।

पक्राउ परेका व्यक्ति विराटनगरमा लामो समयदेखि घरजग्गा सम्बन्धी कारोबार गर्दै आएको पाइएको छ। प्रहरीका अनुसार उनी प्राइम लाइफ इन्सुसेन्सका एजेन्ट पनि हुन्।
सुरुमा छिमेकीले विराटनगरमा रहेको आफ्नो घर बिक्री गरिदिन प्रधानसँग आग्रह गरेको प्रहरीले जनाएको छ। घर किन्ने ग्राहक ल्याइएको बहाना बनाएर पुगेका उनले एक्लै रहेका बेला घरधनीकी छोरीमाथि हातपात गर्दै बलात्कारको प्रयास गरेको खुलेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार बिक्रीको तयारीमा रहेको घर किन्ने ग्राहक खोजेका उनी ती ग्राहकलाई लिएर दिउँसो त्यहाँ पुगेका थिए। विदेश जाने तयारीमा रहेका घरधनी अहिले काठमाडौंमा छन्।

प्रहरीका अनुसार अमेरिका जानुअघि विराटनगरमा भएको जग्गा र घर बिक्री गर्ने योजना रहेको कुरा उनलाई घरधनीले सुनाएपछि उनले ग्राहक खोज्न थालेका थिए। त्यही क्रममा दिउँसो ग्राहाक लिएर घरमा गएको र साँझ पुनः पुगेर एक्लै रहेकी घरधनीकी छोरीमाथि हातपात गर्दै बलात्कारको प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।

डीएसपी थापाले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाए। उनले पीडित पक्षबाट परेको किटानी जाहेरीका आधारमा प्रधानविरुद्ध मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान थालिने जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर