डा.गोविन्द केसी फागुन १२ गतेदेखि अनसन बस्ने भएका छन् ।

बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डा. केसीले प्रतिनिधिसभा पुनःस्थापनासहित ३ बुँदे माग राख्दै १२ गतेदेखि अनसन बस्ने जानकारी दिए ।

त्यसअघि नै माग पूरा नभए अनसन बस्ने उनले बताए ।

डा. केसीले अवैधानिक रूपमा गरिएको प्रतिनिधिसभा विघटनको प्रयासबाट संविधानको रक्षा गरिनुपर्ने, अवैध रूपमा संवैधानिक निकायमा गरिएका नियुक्ति रद्द हुनुपर्ने र चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि भएका सम्झौता कार्यान्वयन गरिनुपर्ने माग राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय