सर्लाही, ३० माघ । सर्लाहीको पर्सा गाउँपालिकामा एक बालकको नालामा डुबेर मृत्यु भएको छ ।

पर्सा गाउँपालिका–५ बस्ने ब्रहमदेव साहका ३ वर्षीय छोरा हिमांसुको नालामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बिहीबार साँझदेखि हराएका हिमांसुको खाजी गर्ने क्रममा घर अगाडिको नालामा मृत फेला परेको सर्लाहीका प्रहरी प्रबक्ता मदन कुँवरले जानकारी दिए । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।