![](https://www.sawalnepal.com/wp-content/uploads/2021/02/jhalanath-khanal-2.jpg)
३० माघ, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल नयाँ दिल्ली प्रस्थान गरेका छन् ।
नेता खनाल नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत आज दिल्ली प्रस्थान गरेका हुन् ।
पूर्वप्रधानमन्त्री खनाल स्वास्थ्य जाँचका लागि दिल्ली गएको उनको सचिवालयले जनाएको छ । उनी स्वास्थ्य जाँच गराएर सोमबार काठमाडौं फर्किने कार्यक्रम छ ।