काठमाडौं – प्रभु इन्स्योरेन्सले लाभाँश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।माघ २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र कम्पनीको आगामी (२५ औं वार्षिक) साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् ।




