नेपाली काँग्रेसले चिनियाँ पक्षसँग यथाशीघ्र संवाद गरेर उत्तरी सीमाको प्रमुख व्यापारिक नाका केरुङमा आवागमनको समस्या समाधान खोज्न सरकार समक्ष माग गरेको छ ।पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्तिमार्फत उत्तरी सीमाको प्रमुख व्यापारिक नाका केङमा सहज नहुँदा नागरिक र व्यवसायीले दुःख पाइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । चीनको वुहानबाट कोरोना भाइरसको सङ्क्रमण फैलिएलगत्तै अन्तर्राष्ट्रिय सीमा नाकामा प्रवेशमा कडाइ र आवागमन बन्द गरिएको थियो ।विसं २०७६ माघ १५ देखि असार २७ गतेसम्म पूर्ण रुपले बन्द भएको सामान ढुवानी त्यसपछि आंशिक खुला गरिएको तर दैनिक पाँच कन्टेनरले मात्र प्रवेश पाउँदा एक हजार ५०० बढी कन्टेनर सीमामा अलपत्र स्थितिमा रहेका छन् । यसबाट एकातर्फ नेपाली व्यवसायी मर्कामा परेका छन् भने अर्कातर्फ राज्यकै राजश्व सङ्कलनमा पनि असर पुगेको प्रवक्ता शर्माले उल्लेख गर्नुभएको छ ।
काँग्रेसद्वारा केरुङ नाकामा आयातनिर्यात सहज तुल्याउन माग
सवालनेपालसंवाददाताआइतबार, २ फागुन २०७७

काँग्रेसद्वारा केरुङ नाकामा आयातनिर्यात सहज तुल्याउन माग
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



