डिजेल चोरी गरी अवैधरूपमा भारततर्फ निकासी गरिरहेको अवस्थामा डिजेल ट्याङ्करसहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरी कारवाही प्रक्रिया शुरु गरेको जनाएको छ ।ना७ख १५११ नम्बरको ट्याङ्करमा लोड गरी पर्साको जगरनाथपुरको श्वेता आयल ट्रेडर्सको नामबाट भारततर्फ एक हजार ६० लिटर डिजेल लैजाँदै गरेको अवस्थामा गए राति प्रहरीले जाँच गर्दा पक्राउ गरिएको बताइएको छ ।कार्यालयका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरका अनुसार उक्त ट्याङ्करसहित पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२२ का ३४ वर्षीय शम्भुप्रसाद महतो, मकवानपुर राक्सिराङ गाउँपालिका–३ का २२ वर्षीय अशोक पाख्रिन र मकवानपुरको मनहरि गाउँपालिका–३ का ३३ वर्षीय रामकृष्ण उप्रेती छन् ।पक्राउ परेकामध्ये सोही ट्याङ्करका उप्रेती चालक हुन् भने पाख्रिन सहचालक तथा महतो श्वेता आयल ट्रेडर्सका मुन्सी रहेको नायब उपरीक्षक कुँवरले जानकारी दिनुभयो । वीरगञ्जको नेपाल–भारत सीमामा रहेको संयुक्त प्रहरी जाँच चौकी इलाकाबाट ट्याङ्करसहित उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान तथा कारवाही प्रक्रिया शुरु भएको उहाँले बताउनुभयो । नेपालभन्दा भारतमा डिजेल सस्तो छ ।
डिजेल चोरी तस्करी गर्ने ट्याङ्करसहित तीन पक्राउ
सवालनेपालसंवाददातामंगलबार, ४ फागुन २०७७

डिजेल चोरी तस्करी गर्ने ट्याङ्करसहित तीन पक्राउ
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



