महिला कानून व्यवसायीहरुले भागरथी भट्ट घटनाको प्रभावकारी अनुसन्धान गरी अपराधीलाई कारबाही गर्न माग गर्दै गृहमन्त्री रामबहादुर थापासमक्ष ज्ञापनपत्र बुझाएका छन्। नेपाल बार एसोसिएसन महिला समितिका पदाधिकारीहरुले मंगलबार गृहमन्त्री थापालाई भेट गरी बैतडीको दोगडाकेदार–३ मा भागरथी भट्टलाई बलात्कार गरी हत्या गर्ने हत्यारामाथि अनुसन्धान गरी कानुनी कारबाहीको दायरामा ल्याई पीडित र उनका परिवारलाई न्याय दिलाउन माग गरेका हुन्।नेपाल बार एसोसिएसनका उपाध्यक्ष एवं नेपाल बार एसोसिएसन महिला समितिका अध्यक्ष अधिवक्ता रक्षा बस्यालले भागरथीको सम्बन्धमा घटेको घटना लगायत देशव्यापी रुपमा भएका बलात्कारका घटनाहरुको सूक्ष्म अध्ययन गरी अपराधीलाई कानूनी कारबाही गर्न माग गरिएको बताइन्।भेटमा गृहमन्त्री थापाले भागरथी घटनाको अनुसन्धान अपराधीको नजिक पुगेको र अपराधीहरु छिट्टै पक्राउ पर्ने विश्वास दिलाउन कोसिस गरिएको बताएका थिए।महिला कानुन व्यवसायीहरुले निर्मला पन्तको घटनामा जस्तो कमजोर अनुसन्धान नगर्न समेत गृहमन्त्री थापासमक्ष माग गरेका छन्।बालबालिका तथा महिलाहरुमाथि भइरहेको श्रृंखलावद्ध बलात्कारको घटना, बलात्कारपछिको हत्या र बलात्कारीलाई कानुनी कारबाहीभित्र ल्याउनुको सट्टा बलात्कारी र हत्यारा पत्ता लगाउनै नसक्नुले राज्यसंयन्त्र नागरिकको जीवन रक्षाको दायित्वप्रति लापर्बाही भएको पुष्टि भएको समेत महिला कानुन व्यवसायीहरुले बताएका छन्।
भागरथीका हत्यारालाई कारबाहीको माग गर्दै महिला कानून व्यवसायीद्वारा गृहमन्त्रीलाई ज्ञापन पत्र
सवालनेपालसंवाददातामंगलबार, ४ फागुन २०७७

भागरथीका हत्यारालाई कारबाहीको माग गर्दै महिला कानून व्यवसायीद्वारा गृहमन्त्रीलाई ज्ञापन पत्र
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ

यो पनि पढ्नुहोस् »
लागू औषध सहित ११ जना पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
लागू औषध सहित ११ जना पक्राउ
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमक र बिर्तामोडमा लागूऔषधको डिलर, प्रहरीकै मिलेमतोमा कारोबार हुने गरेको गुनासो
मंगलबार, १६ माघ २०८१
बन्दका कारण मेची राजमार्गमा यातायात सेवा प्रभावित
मंगलबार, १६ माघ २०८१



