काठमाडौँ । ‘मिस ईकलेज २०२१’को आवेदन खुल्ला भएको छ । सिजन मिडियाले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रतियाोगिताको आवेदन खुल्ला भएको जनाएको हो । प्रतियोगिताको यो दशौँ संस्करण हो । १६ वर्षदेखि २४ वर्षसम्मका कलेज छात्राहरुलाई मध्यनजर गरेर प्रतियोगिता आयोजना गर्न लागिएको सिजन मिडियाकी कार्यक्रम निर्देशक रेजिना तुलाधरले बताइन् ।कलेज स्तरका युवतीहरुको शैक्षिक विकास, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वैदेशिक शिक्षाको लागि अवसर साथै उनीहरुको आन्तरीक क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास गराई एक शिक्षित व्यक्तिको रुपमा अगाडि आउन कार्यक्रमले सहयोग पुग्ने आयोजकको विश्वास रहेको छ ।प्रतियोगितामा सहभागीका लागि फागुन अन्तिम सातासम्म आवेदन फारम भर्नुपर्ने प्रवाधाम आयोजकको रहेको छ । प्रतियोगिताको विजेताले ‘मिस ईकलेज २०२१’कोे ताजसहित ल्यापटप मोवाइल फोन लगायत बिभिन्न उपहार प्राप्त गर्नेछन् ।
‘मिस ईकलेज २०२१’को आवेदन खुल्ला
सवालनेपालसंवाददाताबुधबार, ५ फागुन २०७७

‘मिस ईकलेज २०२१’को आवेदन खुल्ला
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



