काठमाण्डाै – डाक्टरहरूले दिने परामर्श तथा जाँच शुल्क बढेको छ । नेपाल चिकित्सक सङ्घ र एसोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युशन नेपाल (अफिन) ले संयुक्त प्रेस विज्ञप्ति निकालेर बुधवारदेखि शुल्क बढाएको जानकारी गराएको हो ।

शुल्क बढेपछि अब एमबीबीएस गरेर पाँच वर्षसम्म अनुभव भएका डाक्टरको शुल्क तीन सय ७० र पाँच वर्ष बढी अनुभवी एमबीबीएस डाक्टरको शुल्क चार सय ५० तोकिएको छ ।

यस्तै डिप्लोमा पूरा गरी पाँच वर्षसम्म अनुभव भएकाले पाँच सय १५ र पाँच वर्षभन्दा बढी अनुभव भएकाले पाँच सय ९० रुपैयाँ लिन पाउनेछन् । एमडी गरी दश वर्षसम्म अनुभव भएका डाक्टरले जाँच्ने शुल्क आठ सय २५ तोकिएको छ ।

स्वास्थ्य क्षेत्रमा क्रियाशील ट्रेड युनियन तथा पेसागत सङ्घ–सङ्गठनहरूको संयुक्त सङ्घर्ष समितिसँग स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले माघ ४ गते शुल्क वृद्धिकाे सम्झौता गरेको थियो । सम्झौतामा चिकित्सकहरूको परामर्श शुल्कलाई ३० दिनभित्रमा लागू गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयन नभएपछि सङ्घ र अफिनको बैठकले नेपाल राष्ट्र बैंकको मुद्रा स्फिति तथा शुल्क परामर्श समितिले सिफारिस गरेको शुल्कलाई आधार मानेर नयाँ परामर्श शुल्क तोकेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय