६ फागुन, काठमाडौं । नेकपाका केन्द्रीय सदस्य एवंम् सर्लाही इन्चार्ज डाचाराज वाग्लेको बिहीबार श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ ।आज दिउँसो हररिपुर नगरपालिका-१ हजार बिगाहामा आयोजना हुने श्रद्वाञ्जली सभालाई सम्बोधन गर्न पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल सर्लाही जाँदै छन् । वाग्लेको तेह्रौ दिनको तिथिको अवसर पारेर श्रद्वाञ्जली सभाको आयोजना गरिएको हो ।श्रद्वाञ्जली सभाको आयोजना हुने दिनलाई मध्यनजर गर्दै सर्लाहीका तीनवटा स्थानीय तहले बिहीबार सार्वजनिक बिदा दिएको छ । जिल्लाको हरिपुर, बागमती र बरहथवा नगरपालिकाले सार्वजनिक बिदा दिएको हो ।स्व. वाग्लेले जिल्लाका लागि पुर्‍याएको योगदानको कदर गर्दै सार्वजनिक बिदा दिएको नगरपालिकाका प्रमुखहरुले बताएका छन् । बिदा दिने बरहथवा र बागमतीका प्रमुख तत्कालीन माओवादीबाट जितेका हुन् भने हरिपुरका प्रमुख माधवकुमार नेपाल निकटका हुन् ।हरिपुर नगरपालिका घर भएका वाग्ले गत माघ २१ गते राति बरहथवा नगरपालिका ९ स्थित नयाँरोड(बरहथवा सडकखण्ड अन्तर्गत मूर्तिया जंगलमा मृत फेला परेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर