काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान राजनीतिक अवस्थाका बारेमा चिन्ता ब्यक्त गरेका छन् । उनले प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दल विशेषका नेताहरुको शासन प्रणाली मात्र नभएको बताएका छन्।

उनले फागुन ७ मा पर्ने प्रजातन्त्र दिवसको अवसर पारेर एक दिनअघि बिहीबार सन्देश जारी गर्दै यस्तो बताएका हुन् । ‘प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दल विशेषको नेताहरुको शासन प्रणाली मात्र होइन, यो सामाजिक जीवन पद्दति पनि हो र हरेक नागरिकले प्राप्त गर्ने सन्तुलित खुशीमा मात्र प्रजातन्त्रको प्राण अटूट रहन्छ,’ पूर्वराजा ज्ञानेन्द्रले सो सन्देशमा भनेका छन्, ‘यसमा राष्ट्रको प्रतिष्ठा बढाउन हामी कति समर्थ भएका छौंरु सबैले मातृभूमिको पवित्र माटो छातीमा राखेर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले जनता र राजाको सहमतिवाट नै नेपाल खडा भएको बताउँदै त्यो सत्यलाई राजनीतिक दलले बुझ्न नसकेर निषेध र विभेदको राजनीतिक गर्दा मुलुक दिन प्रतिदिन जटिलतामा फस्दै गएको बताएका छन् । उनले मातृभूमीको पवित्र माटो छातीमा राखेर राष्ट्रको प्रतिष्ठा बढाउन कति समर्थ भयौं आत्मसमिक्षा गर्ने बेला आएको बताएका छन् ।