पोखरा । उद्योगी तथा ब्यवसायीहरुको छातासंगठन पोखरा उद्योग वाणिज्य संघले पोखराको पार्किङ समस्या सुल्झाउनका लागि सुझाव संकलन सुरु गरेको छ । बिहिबार पोखरामा आयोजना गरिएको कार्यक्रममा संघका अध्यक्ष नारायण कोइरालाले बजार क्षेत्रमा देखिएको पार्किङ समस्या समाधानका लागि आवस्यक पहलका लागि सुझाव संकलन थालिएको बताए ।

उनले पोखरा उद्योग वाणिज्य संघले यस अघि पोखराको फुटपाथमा हुने अनधिकृत व्यापार हटाउन खेलेको भूमिकाको स्मरणगर्दै अहिले देखिएको समस्या समाधानको लागि पोखरा महानगरपालिकासँग सहकार्य गर्न संघ तयार भएको बताए ।

उनले व्यवसायीले दिएका सुझावहरुमो आधारमा संघले आफ्नो धारणा बनाउने र समस्या सुल्झाउनका लागि महानगरलाई आग्रह गरिने जानकारी दिए ।

संघका उपाध्यक्ष तथा फुटपाथ बजार व्यवस्थापन उपसमिति संयोजक अर्जुन पोखरेलले अव्यवस्थित पार्किङका कारण पोखराले आफ्नो सुन्दरता पनि गुमाएको र व्यवसायमा समेत ठूलो असर पु-याएको बताउँदै व्यवस्थित पार्किङको ब्यवस्था मिलाउन आवस्यक रहेको बताए ।

व्यवसायी लक्ष्मणश्रेष्ठले पार्किङ शुल्कलिने गरी कार्डको व्यवस्था गरी सडकको दायाँबायाँ गाडी र मोटरसाइकललाई छुट्टाछुट्टै पार्किङको ब्यवस्था मिलाउन आग्रह गरे ।

व्यवसायी शेषकान्त ढकालले पसल अगाडि सामान झार्दा र लैजाँदा पनि पार्किङ शुल्क माग्ने गरिएको बताउँदै स्थायी पार्किङ स्थल निर्माण हुनुपर्नेमा जोड दिए। व्यवसायी चन्द्रेश्वर बस्ताकोटीले मोटरसाइकलमा डुलेर पार्किङ शुल्क उठाउने गरिएको बताउँदै एक–एक घण्टामा पार्किङ शुल्क लिने परिपाटी गलत भएको बताए ।

उनले यस्तौ गैर जिम्मेवार तरिकाबाट पार्किङ शुल्क उठाउने ब्यवस्था तत्कालै बन्द गर्नु पर्ने बताए । ब्यवसायी नरेन्द्र आचार्यले नगरबसले जतापायो त्यतै मान्छे झार्ने र ओराल्ने गर्दा समस्या परेको बताए । उनले फिरन्ते व्यापारीहरुले घरघर गएर सामान बेच्दा कर तिरेर व्यवसाय गर्ने ब्यवसायीहरु मर्कामा परेको बताए ।

संघका पूर्व उपाध्यक्ष मीनराज काफ्लेले महानगरले जग्गा व्यवस्थापन गर्दै सशुल्कपार्किङ स्थल बनाउनुपर्नेमा जोड दिए । उनले महानगरले सडकमा घण्टे पार्किङ शुल्क उठाउनेगरी ठेकेदारसँग सक्झौता गरेर ब्यवसायीको घाँटी निचोर्ने कार्य गरेको बताए ।

संघका कार्यसमिति सदस्य हरिराज पन्तले मालबाहक साना गाडीहरुलाई विभिन्न बहानामा ट्राफिकप्रहरीले दुःखदिने गरेको बताए । अर्का व्यवसायी विष्णुप्रसाद तिमिल्सिनाले सडकमा कर उठाउनु नाजायज भएको बताए । उनले व्यवसायीकै संरक्षणका कारण फुटपाथमा व्यापार बढेको जिकिर गरे । व्यवसायी देवराज आचार्यले पोखराको ट्राफिक व्यवस्थापनमा महानगरले उदाशिनता देखाएको आरोप लगाए ।

संघका पूर्वउपाध्यक्ष माइकल कर्माचार्यले पार्किङ व्यवस्थापनको लागिमहानगरले सार्वजनिकनिजी साझेदारीको अवधारणामा टेकेर निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने बताए ।

सहभागिहरुले पार्किङको लागिबनाइएको अण्डरग्राउण्डहरु सोही प्रयोजनमा लगाउन, आकासे पुलहरु बनाउन, ट्राफिक अवस्थाबारे जानकारी दिनको लागिएप्सको निर्माण गर्न र व्यवस्थित पार्किङस्थल निर्माण गर्न जोड दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय