काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले नेत्रविक्रम चन्द विप्लव समूहलाई मूलधारको राजनीतिमा आउन आह्वान गरेका छन् ।

प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हिँसात्मक गवितिधि गरिरहेका तत्वहरुलाई शान्तिपूर्ण मूलधारमा आउन आग्रह गरेका हुन् । उनले विप्लव समूहलाई सरकारी वार्ता टोलीसँग संवादमा आउन आग्रह गरेका छन् ।

उनले सरकारले लोकतन्त्रको बाटो नबिराउने भन्दै जनताको अभिमत भन्दा बाहिर नजाने बताएका छन् । प्रधानमन्त्री अ‍ोलीले सरकारले भ्रष्ट्राचार गर्न नदिने र गरेमा कडा कारबाही गर्ने बताए । उनले नेपाल अर्को वर्ष विकाशशील राष्ट्रमा जानेसमेत बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय