काठमाडौं। नेपाली कांग्रेसका नेता तथा समाजसेवी मित्रसेन दाहालको निधन भएको छ ।

लामो समयदेखि मिर्गौला रोगबाट पीडित दाहालको आज बिहान सरस्वती नगर, कपनस्थित निवासमा निधन भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘‘एक महिनाअघि उहाँ कोरना संक्रमित हुनु भएको थियो, त्यो निको भए पछि अस्ति मात्र कोरोना खोप लगाउनु भएको थियो’’, पूर्व सांसद रामहरी खतिवडाले भने, ‘‘आज अचानक स्वास्थ्यमा समस्या आएपछि अचानक उहाँको निधन भएको छ ।’’

गत आम निर्वाचनमा ओखलढुंगा–१ बाट प्रदेश सांसदका उम्मेदवारसमेत रहेका दाहाल नेपाली कांग्रेस, ओखलढुंगाका सचिवसमेत भएका थिए ।

जेपी प्रतिष्ठान लप्सीफेदीमा आश्रम सञ्चानल गरेर समाजसेवामा सक्रिय दाहालका झन्डै दुई दर्जन कृति पनि प्रकाशित छन् ।