बैतडी : बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका –७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको शव आफन्तले १५ दिनपछि बुझेका छन्। यतिबेला भागरथीको शव यात्रा सुरु भएको छ।

सदरमुकाम गोठालापानीबाट महाकाली नदी सम्म शव यात्रा सुरु भएको हो। शवको आजै दशरथचन्द नगरपालिका–६ सेरास्थित महाकाली आर्यघाटमा अन्त्येष्टि गरिने भागरथीका काका शिवराज भट्टले जानकारी दिए। भागरथीको शव जिल्ला अस्पतालमै राखिएको थियो।

गत माघ २२ गते विभत्स हत्या गरिएको अवस्थामा उनको शव भेटिएको थियो। घटनामा संलग्नको पहिचान हुनुपर्ने मागगर्दै मृतकका आफन्तले शव बुझ्न अस्वीकार गरेका थिए।

प्रहरीले बुधबार चडेपानीकै दिनेश भट्टलाई घटनामा संलग्न रहेको भन्दै सार्वजनिक गरेको थियो। भट्टले भागरथीको बलात्कार पछि आफैले हत्या गरेको बिहीबार प्रहरीसमक्ष बयान दिएपछि आफन्तले शव बुझ्न मानेका हुन्।

बुधबार नै भागरथीका दाइ शंकर भट्टले दिनेशविरुद्ध कर्तव्य ज्यान र बलात्कार सम्बन्धी कसुरमा कारवाहीका लागि जाहेरी दिएका छन्। थाहा खबर बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah