काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावका लागि निर्वाचन आयोगको तयारी राम्रो नदेखिएको बताउनुभएको छ । शुक्रबार ७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित साहित्यिक तथा सांस्कृतिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले चुनावका लागि निर्वाचन आयोगको तयारी राम्रो नदेखिएको बताउनुभएको हो ।

नागरिकले निर्वाचन आयोगको तयारी थाहा नपाएको उहाँको भनाइ छ । निर्वाचन आयोगले नागरिकले थाहा पाउने गरी समयमै चुनाव गर्न तयारी गर्नुपर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘चुनाव गर्नुपर्ने निकायले चुनावकाे तयारी समयमा गर्नुपर्दछ । मैले ५ गते प्रतिनिधि सभा विघटन सिफारिस गरेर विघटन भएपछि ६ गते नै बिहान बोलाएर निर्वाचन आयोगलाई दुई महिना एक दिनअघि नै अब चुनावकाे तयारी गर्नुस् भन्या छु । मैले अस्ति गएर सोधे, तयारी गरिरहेका छौँ भन्नुभयो तर कार्यक्रम प्रकाशित भएको छैन । केही भएको छैन । के तयारी गर्दै हुनुहुन्छ त्यति राम्रो देखिएको छैन । नागरिकलाई निर्वाचन आयोगको तयारी त्यति थाहा पाएजस्तो लाग्दैन । नागरिकले थाहा पाउने गरी निर्वाचन आयोगले समयमै चुनाव गर्ने गरी, यहाँ कतिपय तत्त्वहरूले घाेषणा गरेकाे चुनाव गराउन होइन भन्ने आरोप लगाउन खोजेका छन् तर चुनाव तोकिएकै मितिमा गर्नका लागि मिति घोषणा गरिएको हो । त्यसका विरुद्ध कुनै प्रकारको षड्यन्त्र नहोस् भन्न म चाहान्छु ।’

प्रधानमन्त्री ओलीले चुनाव गराउँदा संविधान नमिचिने बताउनुभयो । ‘वैशाखमा चुनाव हुन्छ, सरकार बन्छ अनि संविधान कहाँ मिचियो ?’ उहाँले प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो ‘चुनाव हुँदा संविधान मिचिन्छ, लोकतन्त्र समाप्त हुन्छ भने अब डेढ वर्षपछि त लोकतन्त्र कुनै हालतमा बाँच्ने भएन नि त नेपालमा ।’

प्रधानमन्त्री ओलीले चुनावले लोकतन्त्र समाप्त नहुने दाबी गर्नुभयो । लोकतन्त्रविरुद्ध षड्यन्त्र हुन थाल्यो भने नागरिककाे बीचमा जानुपर्ने उहाँको भनाइ छ । उज्यालो अनलाइन बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah