बारामा मैजिक गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कलैयाबाट वीरगञ्जतर्फ गइरहेको ना१ज ८८३९ नं मैजिक गाडीले विपरीत दिशाबाट आइरहेको ना४५प ५१२४ नंको मोटरसाइकललाई ठक्कर दिँदा चालक प्रसौनी गाउँपालिका–५ निवासी ४० वर्षीय दुरुयोधन चौधरीको घटनास्थलमै मृत्युको प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ठक्कर दिने मैजिक चालकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक यादवले बताउनुभयो । मृतकको शव कलैया अस्पतालमा रहेको र शवपरीक्षण गरी परिवारजनको जिम्मा लगाउने बारा प्रहरीले जनाएको छ ।