Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????

उर्लाबारीका युवकको शंकास्पद मृत्युको घटना अनुसन्धानमा त्रुटी, प्रहरी कार्यालय अगाडी प्रदर्शन

सवालनेपाल
सवालनेपालसंवाददातासोमबार, १० फागुन २०७७
विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम मुख्य ब्यानर
उर्लाबारीका युवकको शंकास्पद मृत्युको घटना अनुसन्धानमा त्रुटी, प्रहरी कार्यालय अगाडी प्रदर्शन
उर्लाबारीका युवकको शंकास्पद मृत्युको घटना अनुसन्धानमा त्रुटी, प्रहरी कार्यालय अगाडी प्रदर्शन
विज्ञापन (ADVERTISEMENT)नमस्ते एप डाउनलोड गर्नुहोस्

दमक/ प्रहरी र सरकारी वकिलको कार्यालयले मोरङको उर्लाबारीमा भएको एक युवकको शंकास्पद मृत्युको घटनाको अनुसन्धानमा त्रुटी गरेको फेला परेको छ ।उर्लाबारी ५ का ३१ बर्षिय प्रविण बाँस्तोलाको गत पुष ५ मा असाधारण रुपमा भएको मृत्युलाई प्राकृतिक मृत्यु सावित गर्न प्रहरी र सरकारी वकिल समेतले प्रयत्न गरेको देखिन्छ । वास्तोलाको शंकास्पद मृत्युबारे प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनमा मृतकको फोटो नै अर्कै व्यक्तिको राखेको पाइउपछि अनुसन्धानमा त्रुटीको आशंका गरिएको हो । त्यस्तो आंशकामा पीडितका आफन्त र स्थानीयबासी आन्दोलित छन् ।

आफन्तले दिएको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीले अनुसन्धान गरी रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालय मोरङमा बुझाएको थियो । सो घटना अनुसन्धानका लागि प्रहरीले उर्लाबारी– ६ का ३१ वर्षीय राजेश रणपहेलीलाई पक्राउ गरेको थियो । तर सरकारी वकिलको कार्यालयले मिसिल अध्ययनपछि मुद्दा चलाउन नमिल्ने भन्दै माघ २ गते रणपहेलीलाई हाजिरी जमानीमा छाडेको थियो । मृतककी बहिनी सदीक्षाका अनुसार मिसिलमा मृतक दाजुको भनेर तीनवटा फोटो राखिएको थियो, जसमध्ये एउटा फोटो अर्कै व्यक्तिको थियो । मृतकको भनी चाँदीको सिक्री लगाएका अर्कै व्यक्तिको फोटो राखिएको थियो । मृत अवस्थामा फेला पर्दा प्रवीणको गलामा सिक्री थिएन । यद्यपि प्रहरीले अनुहार नै नचिनिने व्यक्तिको तस्वीर घटना मुचुल्कामा संलग्न गरेको आफन्तको आरोप छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

फोटो परिवर्तन गरेर अनुसन्धान नै कमजोर बनाई आरोपीहरु विरुद्ध मुद्दा नचलाएको आफन्तको आरोप छ । प्रवीणको मृत्यु शंकास्पद भन्दै आफन्तले पुस ९ गते उर्लाबारी– ६ का ३१ वर्षीय राजेश रणपहेलीसहितका विरुद्ध इलाका प्रहरी कार्यालय उर्लाबारीमा किटानी जाहेरी दिएका थिए । प्रहरीले अनुसन्धानमा लापरवाही गरेको भन्दै आइतबार दिनभर प्रदर्शन गरेका आफन्त र स्थानीयबासीले सोमबार पनि इलाका प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेलले फोटो मिस प्लेस भएको स्वीकार गरिसकेका छन ।सदीक्षाले आफूले फोटो किन बेग्लै राख्नुभयो भन्दा प्रहरीले हतार हतार मिसिलमा रहेको फोटो र कागजात परिवर्तन गरेको बताइन् । प्रहरीले अपराधीलाई संरक्षण गर्न लागेको उनको आरोप छ । पोष्टमार्टम रिपोर्टमा छटपटीका कारण मृत्यु भएको उल्लेख भएको बताउँदै उनले प्रहरीले अपराधीलाई संरक्षण गरेपछि न्याय माग्दै सडकमा आउनु परेको बताइन् ।

बन्यो छानविन समिति

अनुसन्धान प्रतिवेदनमा फोटो परिवर्तन भएको विषयमा जिल्ला प्रहरी कार्यालय मोरङले डीएसपी मानबहादुर राईको नेतृत्वमा छानविन समिति बनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी लोकदर्शन थापाले मिसिलमा राखिएको तीनमध्ये एउटा फोटो बेग्लै परेको देखिएपछि तत्काल परिवर्तन गरी छानविनका लागि टोली बनाइएको बताए । तथ्यमा फरक पर्ने गरी प्रमाण संकलन गरेको घटनामा संलग्नलाई उन्मुक्ति दिने गरी अनुसन्धान भएको देखिए कारवाही गरिने उनले बताए । फरेन्सिक जाँचको रिपोर्ट आएपछि थप तथ्यहरु खुल्ने प्रहरीले बताएको छ । गत पुस ४ गते घरबाट निस्किएका प्रवीणको मृत्यु भएको खबर भोलिपल्ट राति करिब ११ बजे आफन्तले पाएका थिए । आफन्तले प्रवीणको शव गोदावरी अस्पतालमा फेला पारेका थिए । प्रवीणको योजनावद्ध रुपमा हत्या गरिएको आफन्तको आरोप छ । निष्कर्ष न्यूज बाट साभार 

यो समाचार शेयर गर्नुहोस्:

प्रतिक्रियाहरू0

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।