भारतीय सञ्चारमाध्यम जी न्यूजले चुनावको तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वोच्च अदालतको फैसलाले नराम्रो झडका लागेको उल्लेख गरेको छ ।

जी न्यूजले आफ्नो अनलाइन सँस्करणमा लेखेको छ, ‘नेपालको सर्वोच्च अदालतले मंगलबार पूर्वनिर्धारित चुनावको तयारीमा लागेका केपी ओलीलाई झड्का दिनेगरी प्रतिनिधिसभा भंगको निर्णय उल्ट्याउँदै प्रतिनिधिसभा पुनःस्थापनाको फैसला सुनाएको छ।’ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको ५ सदस्सीय संवैधानिक इजलासले २७५ सदस्यीय प्रतिनिधिसभा भंग गर्ने सरकारको निर्णय उल्ट्याइदिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सर्वोच्चले १३ दिनभित्र संसद बैठक बोलाउन पनि आदेश दिएको छ । समाचारमा २० डिसेम्बरमा संसद भंग भएपछि ओलीले लिएका नियुक्तिसम्बन्धी निर्णयपनि रद्द गरिदिएको उल्लेख गरेपनि फैसलामा त्यसबारे भने बोलिएको छैन ।