केन्द्रीय संघर्ष समितिले आज देशभरि विजय जुलुस गरेको छ।प्रतिनिधि सभा पुनर्स्थापना भएको खुसीयालीमा प्रचण्ड-नेपाल समूहले जुलुस गरेको हो।यसैबीच काठमाडौंको शान्तिवाटिकामा पनि केहीबेरअघिदेखि जुलुस निकालिएको हो। जुलुसमा सहभागीले अविर दलेर, अनुहारमा पेन्ट गरेर, नाचगान गर्दै उत्सव मनाइरहेका छन्।उनीहरूले विभिन्न नारासमेत लगाएका छन्।शान्तिवाटिकाको जुलुसमा अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल सहभागी हुने सम्भावना छ।