प्रहरीले १ करोड १७ लाख राजस्व हिनामिना गरेको आरोपमा जिल्ला मालपोत कार्यालय भरतपुरका तत्कालीन अधिकृत रिठ्ठे दमाईलाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुनसन्धान ब्युरो (सीआईबी)ले ५९ वर्षीय दमाईलाई काठमाडौंको कागेश्वरीबाट बुधबार पक्राउ गरेको हो ।
सीआईबीका डीआईजी सहकुलबहादुर थापाका अनुसार चितवनका तत्कालीन मालपोत अधिकृत दमाईले आर्थिक वर्ष २०७४/७५ र ०७५/७६मा भूमि प्रशासन सम्बन्धि सरकारी खातामा दाखिला हुनुपर्ने १ करोड १७ लाख रुपैयाँ किर्ते छाप तथा दस्ताखत र नक्कली बिल भरपाई गरेर आफूले लिएका थिए ।

अनुसन्धानका क्रममा विभिन्न ११ वटा नक्कली बिल भरपाई बनाएर उक्त रकम लिएको तर सरकारी खातामा दाखिला नगरे फाइलमा दुरुस्त राखेको पाइएको थियो ।

त्यही कसुरमा अख्तियारले अनुसन्धान गर्दा सरकारकी छाप कीर्ते गरेको भेटिएपछि थप अनुसन्धानका लागि सीआईबीमा बुझाएको थियो । उनीविरुद्धको कसुरमा थप अनुसन्धान जारी राखिएको डीआईजी थापा बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah