काठमाडौं- मोरङको उर्लाबारी नगरपालिका-५ का ३१ वर्षीय प्रवीण बास्तोलाको हत्या आरोपमा ६ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय मोरङले बुधबार जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गरेको हो।

सरकारी वकिलको कार्यालयले यसअघि पक्राउ परेका दुई जना र फरार भएका ४ सहित ६ जनाविरूद्ध मोरङ जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दामा अभियोग दर्ता गरेको हो।

प्रहरीले पक्राउ गरेका होटल संचालक उर्लाबारी नगरपालिका-९ का कुमार राई र मोरङ रतुवामाई नगरपालिका-१० पवित्रा चोकका रिकेश सिवा भन्ने मेहरमान दर्जीसहित अन्य चार जनाविरुद्ध मुद्दा दर्ता गराएको हो।

प्रवीण हत्याकै अभियोगमा फरार अभियुक्तहरूमा उर्लाबारी नगरपालिका-६ प्रगतिटोलका सुदीप परियार र राजेश रणपहेली, झापाको गौरादह नगरपालिका-९ का दीपेश पौडेल र प्रवीण शव भेटिएको घरधनी उर्लाबारी-६ का ६० वर्षीय रमेश गिरी छन्। उनीहरूसहित ६ जनाविरुद्ध हत्या अभियोगमा मुद्दा दर्ता भएको जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधीवक्ता मनोजकुमार आचार्यले जानकारी दिए।

मृतक प्रवीणकी बहिनी सदीक्षा बास्तोलाले गत आइतबार इलाका प्रहरी कार्यालयभित्रैबाट प्रहरीले हत्यारा लुकाउन चलखेल गरेको आरोप लगाउँदै फेसबुक लाइभ गरेपछि यो घटना एकाएक चर्चामा आएको थियो। नेपाल लाइभ  बाट 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah