काठमाडौंको बालाजुस्थित बाइपासबाट आठ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिकाले निर्माण गर्न लागेको सूचना केन्द्रको बार भत्काएको आरोपमा आठ जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरू सडक विस्तार पीडित संघर्ष समितिका अध्यक्ष सुमन सायमि, महेश मानन्धर, स्थानीय भीमदेव श्रेष्ठ आठ जना छन्।

उनीहरूलाई प्रहरीले महानगरीय प्रहरी वृत्त, बालाजुमा राखिएको छ।
वृत्तका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीका अनुसार केन्द्र बनाउने ठाउँमा घेरा लगाइएको बाँस र जस्ताको बारहरू भत्काएको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो।
उनीहरूमाथि प्रहरीले अभद्र व्यवहारको मुद्धामा अनुसन्धान अघि बढाएको छ।

प्रहरीले काठमाडौं जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट म्याद थप गर्न लागेको छ।

समितिका उपाध्यक्ष महेश कारञ्जितका अनुसार स्थानीयको घर भत्काएर महानगरपालिकाले सूचना केन्द्र बनाउन लागेपछि बारहरू भत्काएको बताए।
‘सुरूमा स्थानीयले प्रहरी कार्यालयमा गएर हाम्रो जग्गामा महानगरले भवन बनाउन लाग्यो भन्दै गुहार्न गए। उपोभोक्ता समितिलाई भन्न जानू भनेर फर्काए,’ उनले भने, ‘आक्रोशमा आएर उनीहरूले भत्काए। त्यसै आरोपमा उनीहरूलाई समाएर प्रहरीले मुद्दा चलायो।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah