झापा । नेपालबाट भारतमा पेट्रोलियम पदार्थको तस्करी बढेको छ । भारतमा पेट्रोलियम पदार्थमा भएको लगातारको मूल्यवृद्धिसँगै नेपालमा तस्करी बढेको हो । नेपालबाट भारतीय सीमा नाकाका मानिसहरू आएर ड्रमका ड्रम तेल भारत लाने गर्दछन् । खुल्ला सीमाका कारण नेपालबाट पेट्रोलियम पदार्थ विना रोकटोक जर्किन, ड्रममा भरेर भारत लाने गरेको पाइएको हो । सडक मार्गबाट पनि ट्याङ्कर तथा ट्रकमा पेट्रोल तथा डिजेल भरेर लाने गर्दछन् ।

वीरगन्जबाट पेट्रोल लिएर भारतको विहारतर्फ जाँदै गरेका तीन विहारीलाई नेपाल प्रहरीले बिहीबार पक्राउ गरेको छ । प्रहरीले उनीहरूबाट १३ सय ६० लिटर पेट्रोलसमेत बरामद गरेको छ । सीमा नाकाका स्थानीय सजिलैसँग नेपालबाट पेट्रोलियम पदार्थ लिएर भारत जान्छन् । जो डराउँछन् उनीहरूले मात्रै भारतमा तेल भर्ने गर्दछन् । जसका कारण सीमा क्षेत्रका भारतीय पेट्रोल पम्पमा पेट्रोलियम पदार्थको बिक्री ७० प्रतिशतले घटेको छ ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइराख्ने हो र यसरी नेपालबाट तेल ल्याइराख्ने भए भारतीय सीमा नाकाका पेट्रोल पम्प बन्द गर्नुपर्ने अवस्था आएको नेपाल सीमामा पेट्रोल पम्प चलाएर बसेका भारतीय बताउँछन् । रक्सौल सीमा नजिक वीरगन्जमा डिजेलको मूल्य शनिवार भारतमा भन्दा २७ रुपैयाँ ५० पैसा सस्तो थियो भने पेट्रोलको मूल्य २३ रुपैयाँ कम थियो ।

नेपालमा किन सस्तो ?

नेपाल पेट्रोलियम पदार्थका लागि भारतसँगै निर्भर छ । तर भारतबाट खरिद गरेर ल्याएको पेट्रोलियम पदार्थ नेपालमा सस्तो हुनाका कारण नेपालमा देशभर एउटै कर प्रणाली छ । तर भारतमा भने उत्पादन शुल्क र राज्यमा कर दुवै तिर्नुपर्छ । भारतमा उत्पादन शुल्कमा लिइने कर भन्दा नेपालको कर सस्तो छ । जसका कारण भारतमा पेट्रोलियम पदार्थ महँगो छ । हाल नेपालमा प्रतिलिटर ४० रुपैयाँ कर लिइन्छ । जहाँकी भारतमा उत्पादन शुल्क र कर गरी ५० रुपैयाँ भन्दा बढी लिइन्छ ।

सीमावर्ती मानिसका लागि नेपाल वा भारत आउजाउ गर्न सजिलो छ । हाल नेपालले भारतीयलाई नेपाल प्रवेशमा केही कडाइ गरेको छ तर त्यो नेपाल घुम्न आउनेका लागि हो सीमाका स्थानीयका लागि हैन । तसर्थ पनि नेपालबाट भारतमा खुलेआम तस्करी भइरहेको छ । इमेज खबरबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय