वैदेशिक रोजगार कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं ३ घर भएका रामकुमार साह रहेका छन्।

पीडित मिन बहादुर रोकायाले दिएको जाहेरीका आधारमा केन्द्रीय अनुसन्धान महाराजगञ्जको टोलीले साहलाई फागुन ११ गते मंगलवार ललितपुरबाट पक्राउ गरेको हो ।

साहलाई २०६९ जेठ २ गते सर्वोच्च अदालतले १ लाख ५० हजार जरिवाना र १ वर्ष ६ महिना कैद सजाय सुनाएको थियो ।

उनलाई पक्राउ गरी बुधवार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएकोमा अदालतको आदेश अनुसार उनलाई डिल्लीबजार जेलमा पठाइएको ब्यूरोले जनाएको छ ।

साहलाई पक्राउ गर्न खोज्दा उनले आफूलाई अख्तियारको सरकारी कर्मचारी भनि झुक्याएका थिए । ब्यूरोका अनुसार साहले आफू अख्तियारको सरकारी कर्मचारी ढुण्डीराज पोखरेल भनी आफ्नो फोटो टाँस भएको निजामती किताबखानाबाट जारी भएको नासु पद उल्लेख भएकोसरकारी छाप समेत देखाएका थिए । साथै उनको साथबाट सेवा निवृत कर्मचारीको परिचय पत्र लगायतका कागजातहरु बरामद गरिएको ब्यूरोले जनाएको छ ।

त्यस्तै उनलाई मुलुकी अपराध संहिता, २०७४ को लिखत सम्बन्धि कसूर अन्तर्गत कारबाही गरिने बताइएको छ ।
-लोकपथ बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय