विराटनगर / मोरङको उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको मृत्यु प्रकरणसँग जोडिएका एक जनालाइ पूर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत मोरङले दिएको छ । त्यस्तै अदालतले अर्का आरोपीलाइ धरौटीमा छाड्न आदेश दिएको छ । मोरङको रतुवामाई नगरपालिका–१० का २९ वर्षीय निकेश शिवा भनिने मेहरमान दर्जीलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएकाे हाे । भने उर्लाबारी–९ का ३४ वर्षीय कुमार राईलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएकाे हाे ।

वादी नेपाल सरकार र प्रतिवादीका कानुन व्यवसायीबीच थुनछेक बहस सकिएपछि अदालतको आदेश आएको अदालतका स्रेस्तेदार राजकुमार दाहालले जानकारी दिए । भनाइ छ । प्रवीणको हत्या भए पनि दोषीलाई प्रहरीले उन्मुक्ती दिएको, न्याय नपाएको तथा मृतकको मिसिलमा अर्कैको व्यक्तिको फोटो राखिएको भन्दै आफन्त र परिवारका सदस्य गत आइतबारबाट आन्दोलित बनेका थिए ।

प्रहरीविरुद्ध आन्दोलन सुरु भएपछि निक्कै चर्चामा रहेको यो घटना सामाजिक सञ्जालमा भाइरल बनेको थियो । प्रहरीले अनुसन्धानको अन्तिम प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालयले छ जनालाई प्रतिवादी बनाउँदै अभियोगपत्र तयार पारेर अदालतमा कर्तव्य ज्यान मुद्दा दायर गरेको हो । प्रतिवादीमध्ये दुई जना पक्राउ परे भने चार जना फरार छन् ।

बास्तोलाको गत पुस ५ गते शंकास्पद मृत्यु भएको थियो । प्रतिवादीमध्ये गिरीको घरमा डेरा गरेर बसेका साथीको कोठामा बस्नलाई माघ ४ गते पुगेका प्रवीणको मृत्यु भएको खवर भोलिपल्ट परिवारका सदस्यले पाएका थिए । सुतेकै ठाउँमा बेहोस भएको भन्दै उपचारका लागि गोदावरी अस्पताल पु¥याएपछि उनको मृत्यु भएको भनिए पनि श्वासप्रश्वास अवरुद्ध बनाएर उनको हत्या गरिएको हुनसक्ने प्रहरीको भनाइ छ । मृतककी बहिनी सदीक्षाले प्रहरीमा रहेको मिसिल हेर्दा फोटो नै परिवर्तन भएको भेटेपछि आन्दोलन गर्नु परेको बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah