देशभर पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय दुई हजार ८२४ को स्वास्थ्य परीक्षण गर्दा ३५ महिला र ४६ पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो समय कोरोनाका कारण दुई जनाको मृत्यु भएको छ ।

आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७४ हजार ६५ पुगेको छ । त्यस्तै पछिल्लो समय थप ४८ निको भएका छन् ।

यससँगै निको हुनेको सङ्ख्या दुई लाख ७० हजार ३२५ रहेको छ । निको हुने दर भने ९८ दशमलव छ प्रतिशत छ ।

अहिले देशभर ९८६ सक्रिय सङ्क्रमित छन् । ६२ जना क्वारेन्टिनमा छन् । हालसम्म नेपालमा २१ लाख ६० हजार ४०४ को पिसिआर परीक्षण भएको छ ।

पछिल्लो समय कोरोनाको कारण थप दुई जनाको मृत्यु भएको छ । यससँगै हालसम्म दुई हजार ७७३ जनाले कोरोनाका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय